२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार असफल सावित भइसक्यो– सहमहामन्त्री डा.महत



अ+ अ-

महोत्तरी, ४ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल साबित भइसकेको बताउनुभएको छ ।
डा. महतले महोत्तरी जिल्लाको भगाहा नगरपालिकामा नेपाली काँग्रेसको पार्टी कार्यालय भवनको उद्घाटन गर्दै भन्नुभयो– मुलुकको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार असफल सावित भयो र यो सरकारबाट नेपाली जनता सुखी र समृद्ध हुन नसक्ने धारणा पनि राख्नुभयो ।
उक्त पार्टी कार्यालयको उद्घाटनपछि आयोजित आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको र देशमा शान्ति स्थापनाको काम पनि नेपाली कांग्रेसको नेतृत्वमा नै सम्भव भएको बताउनुभयो ।
वर्तमान संविधानको निर्माण तथा शान्ति स्थापनाको काममा नेतृत्व गरेको नेपाली कांग्रेसबाट नै देशमा आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुनसक्ने बताउनु भयो ।
काँग्रेस नेता डा.महतले मधेस केन्द्रित दलहरूले पनि मधेसका जनतालाई सत्तामा जाने भ¥याङमात्र बनाएको र चरम अवसरवादी चरित्र देखाएको बताउनुभयो ।

 


उहाँले मधेश केन्द्रित यी दलहरूबाट तराइ मधेसका जनताको भलो नहुने र नेपाली कांग्रेसले नै तराई मधेसका जनताको अधिकार सुनिश्चित गर्न सक्ने धारणा राख्नुभयो ।
उहाँले जनतको समृद्धि र बिकासको चाहना नेपाली काँग्रेसले मात्र पूरा गर्नसक्ने बताउनु भयो । सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई एक भएर जनताको सुख दुःखमा साथ दिन, उनीहरुका समस्या समधानका काममा सामेल हुन र अर्को निर्वाचनमा पार्टीलाई पूर्ण बहुमतका साथ बिजयी गराउने अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।