२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपा संयोजकमा महतो



अ+ अ-

काठमाडौँ, ४ मङ्सिर: राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक हुनुभएको छ ।

आज पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उहाँलाई संयोजक चयन गरेको हो । बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने, एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह¥याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिनुभयो ।

उहाँले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिनुभयो । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहनुभएको थियो ।