५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्तौलाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष समेत रहेका लोकप्रिय नेता बर्तौलाले आसन्न दशौं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

विं.सं. २०४० पौष २९ गते मकवानपुरको नाम्टारमा जन्मिएका बर्तौलाले २०५३ सालमा श्री कालिका माविमा कक्षा ७ मा अध्ययनरत रहँदा प्रारम्भिक कमिटी को अध्यक्ष को जिम्मेवारी सहित अनेरास्ववियुमा संगठित भएका हुन् । 

यसैगरी अनेरास्ववियु मकवानपुर को जिल्ला सदस्य, सचिव हुँदै दुइपटक जिल्ला अध्यक्ष भएको उनी काठमाडौं उपत्यका बाहिर को सामुदायिक कलेज हरुमा ठुलो कलेज मकवानपुर बहुमुखी क्याम्पस को स्वतन्त्र विद्यार्थी युनियन मा २०६२ र २०६५ मा सभापतिमा निर्वाचित भए । 

यस्तै २०६६ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपाल केन्द्रिय संयोजक मा निर्वाचित भई अनेरास्ववियु नारायणी अञ्चल कमिटीको उपाध्यक्षमा रही अनेरास्ववियु मध्यमाञ्चल बिकास क्षेत्रीय प्रमुख हुँदै दुई पटक केन्द्रिय सचिवालय सदस्य , सचीव  हुँदै हाल उपाध्यक्षबाट उनले विदा लिए । उनी मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि हुन् । अनेरास्ववियु बाट बिदा भएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य को जिम्मेवारीमा कार्यरत रहेका छन् । 

नेकपा एमाले पार्टीमा पनि उनीसँग २०६३ सालमा नेकपा एमाले मकवानपुर को जिल्ला कमिटी सदस्यमा निर्वाचित, २०६५ मा बुटवल मा भएको नेकपा एमाले को आठौं राष्ट्रिय महाधिवेशन मा सबैभन्दा कान्छो प्रतिनिधिको रूपमा  मकवानपुरबाट निर्वाचित भई २०७७ सालमा नेकपा को केन्द्रिय सदस्य को जिम्मेवारीको रुपमा काम गरेको अनुभव छ । 

कानुन विषयमा स्नातक तह उतिर्ण गरेका उनी अधिवक्ता समेत हुन् । यस्तै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र राजनीति शास्त्र मा मास्टर्स डिग्री (स्नातकोत्तर) उतिर्ण भई उनी हाल त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा एमफिल पिएचडी अध्ययन गर्दै छन् ।

एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भई पार्टीलाई सही दिशामा हाँक्न सक्ने उनीसँग खुबी रहेको छ । उनी आय युवाहरुको आशा र भरोसाका केन्द्र रहेका छन् । 

एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ । 

महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने पाँच प्रतिशतसम्म मनोनीत सदस्य हुनेछन् । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ । 

महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५र१५ जना निर्वाचित गर्नेछ ।