३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण : डाक्टरले खटाएको ठाउँमा नगई घुस र चाकडीको कुरा गरे

स्वास्थ्य मन्त्रालयको स्पष्टिकरण : डाक्टरले खटाएको ठाउँमा नगई घुस र चाकडीको कुरा गरे
अ+ अ-

मंसिर, ५ काठमाडौं । वीर अस्पतालका प्रा.डा.ध्रुवराज अधिकारीले सरुवा भएको ठाउँमा नगएर उल्टै मन्त्री र प्रधानमन्त्रीलाई घुस र चाकडीको कुरा उठाएको स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण दिएको छ ।
मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमार्फत सो स्पष्टिकरण दिएको हो । मन्त्रालयले कुनै पनि कर्मचारीलाई खटाइएको ठाउँमा अनिवार्य रुपमा जानुपर्ने नियमको उल्लंघन गर्दै राजीनामा ठोकेको र प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई घुस पु¥याउन नसकेकोले राजिनामा दिनुपरेको भन्दै मिडियामा आएको बताएको हो । मन्त्रालयद्धारा जारी बुधबरको विज्ञप्तिमा सो स्पष्टीकरण दिइएको छ ।
वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख डा अधिकारीले ‘चाकडी र घुस रकम पुर्याउन नसकेकाले आफूले पदबाट राजीनामा दिएको’ भन्दै मंगलबार राजीनामा पत्र सार्वजनिक गरेका थिए ।
उता सो राजिनामाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कडा रुपमा खण्डन गरेको छ । सो मन्त्रालयले वीर अस्पतालबाट पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा गरिएका कारण उनले राजीनामा दिएको दाबी गरेको छ । भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेरी गरी उल्टै राजीनामा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत चैतमा डा। अधिकारी नवौं तहमा बढुवा भएका थिए । बढुवा एवं पदस्थापना भइसकेपछि एकपटक नेपाल सरकारले तोकेको ठाउँमा हाजिर हुन जानै पर्ने प्रचलन रहेको स्वास्थ्य मन्त्रालय स्रोतको तर्क छ । डा। अधिकारी वीर अस्पतालमा लामो समयदेखि कार्यरत थिए । बढुवापछि उनलाई नियमानुसार अर्को ठाउँमा पदस्थापन गरिएको थियो ।

 


‘डा। ध्रुव अधिकारी ०७४ चैत १८ मा नवौं तहमा नियुक्त भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन भएकोमा त्यहाँ नगई वीर अस्पतालमा काजमा काम गर्दै आउनु भएको हो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निजको नवौं तहमा नियुक्ति भएको समयमा वीर अस्पतालमा दरबन्दी रिक्त नभएको तर हाल वीर अस्पतालमा निजको पदको दरबन्दी रिक्त भएकाले पदस्थापना भएको कार्यालयमा १ पटक हाजिर भै आएपश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्ने हुँदा सोको मौखिक जानकारी बाररम्बार गरिएकोमा उक्त कुराको अवज्ञा गरी राजीनामा दिएको जानकारी गराइन्छ ।’
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बढुवासंँगै पदस्थापना भइसकेपछि डा। अधिकारीले मन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियासँग सम्पर्क गरेर मन्त्रीसँग भेट गराइदिन आग्रह गरे । सो आग्रहपछि चौरसियाले डा। अधिकारीलाई मन्त्री यादवसमक्ष लिएर गए । मन्त्री यादवले कर्मचारीहरुले पदस्थापनापछि नियमानुसार अर्को ठाउँमा हाजिर गर्न जानैपर्ने भएकाले एकचोटि खताएको ठाउँमा जान आग्रह गरे । तर, डा। अधिकारीले मन्त्री यादवसँग वीर अस्पतालमै बस्ने व्यवस्था गरिदिन अनुनय गरे ।
तर, मन्त्री र सचिवलाई अनुनय गर्न पुगेका डा। अधिकारीले एक्कासी दर्ता फाँटमा गएर अनेक आरोप लगाउँदै राजीनामा बुझाएको मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले अनलाइनखबरलाई बताए । उनले भने– ‘उहाँले सकेसम्म चाकडी गर्न खोज्नुभएको थियो, तर मन्त्रीज्युले नियमानुसार काम गर्न भनेपछि खटाएको ठाउँमा जानुको साटो राजीनामा गरेका हुन्, डाक्टरको सरुवामा आर्थिक चलखेल भन्नेजस्तो आरोप निराधार हो ।’