४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको प्रिमियर स्टील उद्योग हटाउन स्थानीयको माग



अ+ अ-

काठमाडौँ, ६ मंसिर । एक नम्बर प्रदेशको सुनसरी जिल्ला दुहबी नगरपालिका वार्ड नं. २ मा सञ्चालित प्रिमियर स्टिल प्रालिले नेपाल सरकारबाट उद्योगको सञ्चालनको स्विकृति गोप्य, जालझेलपूर्ण र सरकारलाई प्रभावमा परेर लिएको र हाल यो उद्योगका कारण यस क्षेत्रमा नराम्रो असर परेको भन्दै त्यसलाई घटाउन या त्यहाँबाछ अन्यत्रै सार्न स्थानीय नागरिकले कडा रुपमा माग गरेका छन् । प्रारम्भिक वातावरणिय परीक्षण, वातावरणिय प्रभाव मूल्यांकन विना नै गलत विधि र प्रक्रियाबाट तथा गैरकानूनी रुपमा यस उद्योग सञ्चालनको स्विकृती लिइएको स्थानीयको आरोप छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘हामी प्रभावित स्थानीय जनता, जनप्रतिनिधि, साँधसधियार, गाउँ, समाज लगायतको रोहबर जानकारी र सहमतिबिना गोप्य रुपमा स्वीकृति लिइएको छ, ध्वनि, धुँवाधुलो लगायतका कारण जनस्वास्थ्य र जनजीविकामा असर परेको छ।’ नेता किशोर विश्वासको नेतृत्वमा शिक्षा मन्त्रालय पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो।
प्रभावित स्थानिय जनता, जनप्रतिनिधी, साँधसधियार, गाउँ, समाज लगायतको रोहबर जानकारी र सहमति विना गोप्यरुपमा स्विकृति लिइएको भन्दै स्थानीय नागरिकले यही सोमबार राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र दिएका छन् । सो स्टिल उद्योगका कारण भौतिक, जैविक, सामाजिक, शैक्षिक र साँस्कृतिक क्षेत्रहरु प्रभावितभएका, ध्वनी, धुँवा, धुलो लगायतका कारण जनस्वास्थ्य र जनजिवीकामा नराम्रो असर पारेको सो ज्ञापन पत्रमा जनाइएको छ । ‘सो उद्योगका कारण घरेलु पशुपंक्षी, बालीनाली, खानेपानी, जल, जमिनको उर्वराशक्ति, सिंचाईं लगायत आदिमा प्रभावित पारेको छ, हामी हजारौ जनता र दर्जनौ गाउँ वातावरणीय प्रभावमा परेका छौं’ सो ज्ञापन पत्रमा भनिएको छ । सो स्टिल उद्योग नविन शिक्षा निकेतन आधारभूत माध्यमिक विद्यालय नजिकै भएका कारण बालवालिका र विद्यार्थीहरु समेत प्रभावित भएका स्थानीयको दाबी छ ।
उनीहरुले अविलम्ब सो प्रिमियर स्टिल प्रा.लि.को स्विकृति, उत्पादन र संचालन स्थगन गर्दै उनीहरुका तर्फबाट प्रस्तुत गरिएको ११ बुँदे माग सम्बोधन गरीकानूनतः प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मुल्यांनक अनुरुप गर्न गराउन माग गरेका छन् । उनीहरुले सो ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, वन तथा वतावरण, शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई पनि दिएका छन् । सो ज्ञापन पत्रमा उनीहरुले निम्न ११ बुँदे माग पनि राखेका छन् ।


प्रिमियर स्टिल प्रा.लि.को प्रारम्भिक वातावरणिय परिक्षण र वातावरणिय प्रभाव मुल्याँकन गरिनु पर्दछ । श्री नविन शिक्षा निकेतन आधारभूत माध्यमिक विद्यालय नजिकै रहेको सो उद्योग हटाउनु पर्दछ । उद्योग कार्यान्वयनतथा सञ्चालनका क्रममा थप नयाँ वातावरणीय सवाल तथा प्रभावपहिचान हुनगएमा तिनलाई समेत सम्बोधन गर्नुपर्नेछ । उद्योग क्षेत्रमा सडक निर्माण गर्दा हुने वातावरणीय प्रभाव र त्यसको निराकरण अनिवार्य रुपमा गर्नुपर्नेछ । उद्योग प्रभावित क्षेत्रमा रहेको नदी, पैनी, भिसि, जल, जमिन, गाऊँ वस्ती, विद्यालय, पोखरी आदिमा पर्ने प्रभावका साथै यिनमा आधारित खानेपानी, सिचाई, उर्वरा शक्ति, जनस्वास्थ्य, जन जिविकामा पर्ने प्रभावको मुल्याँकन हुनुपर्दछ । उद्योगबाट हुने मानवीय, घरेलु, जिवजन्तु, पशुपन्छी, वालीनाली, उत्पादकत्व आदिमा पर्ने प्रभावको निराकरण गर्नु पर्दछ ।
त्यसैगरी उद्योगमाकार्यरत मजदुर, कामदार, कर्मचारी लगायतमा हुनसक्ने ध्वनी, धुवाँ, धुलो र रसायनिक तत्वका कारण शारिरीक, मानसिक लगायतका जनस्वास्थ्यमा पर्ने प्रभावको नियन्त्रण, विमा र उपचारको ब्यवस्थागरिनु पर्दछ । उद्योगबाट निस्किएको केमिकल र फोहोर नदी, भिसी, थुनिनेगरि वा डाइभर्ट हुनेगरी नफाली उपयुक्त स्थानमा ब्यवस्थापन गर्नु पर्नेछ । उद्योग निर्माण तथा संचालनका क्रममा निस्किएको ठोस फोहोर ब्यवस्थित तरिकाले डिस्पोज गरिनु पर्दछ । उद्योगले सिचाई, भिसी, कुलो, जमिनको उर्वरा शक्तिमा असर गर्ने देखिएमा सरोकारवालको समन्वयमा बैकल्पिक ब्यवस्था गर्नु पर्नेछ । उद्योग निर्माण तथा सञ्चालन गर्दा वातावरण्ीाय अवस्था र प्रभावको नियमित अनुगमन गरि सो को प्रतिवेदन उद्योग, शिक्षा तथा वातावरण मन्त्रालयमा र सम्बन्धित निकायहरुमा पेश गर्नु पर्दछ ।