२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित



अ+ अ-

मुसिकोट, ६ मङ्सिर (रासस) – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न थालेपछि किसानलाई चिन्ता थपिएको हो । 

सुन्तला उत्पादनको हिसाबले यस क्षेत्रको रुघा र खारालाई जिल्लामै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । तर यो वर्षदेखि यहाँका धेरैजसो किसानको सुन्तलाका बोट सुक्दै गएको सुन्तला किसान जयबहादुर सुनारको भनाइ छ । उहाँका अनुसार यो वर्षको बर्खा सकिएसँगै सुन्तलाका बोट सुक्न थालेको र पातसमेत पहेलै भएर झर्न शुरु गरेको बताइएको छ ।

सुनारले गाउँमा सुन्तलाको उत्पादन राम्रो देखिएकाले दुई वर्षअघि २५० वटा सुन्तलाको बेर्ना खेत र पाखो बारीमा लगाएको जानकारी दिनुभयो । तर यो वर्ष आफूले लगाएको सबै सुन्तलाको बोट सुक्न थालेकाले आजभोलि निद्रा नै लाग्न छाडेको सुनार बताउनुहुन्छ । “सुन्तलाको खेती शुरु गरेसँगै राम्रो आम्दानी हुने अनुमान गरेको थिएँ, तर अब त्यो सम्भावना रहेन,” उहाँले भन्नुभयो । हामीलाई जस्तो चिन्ता त अरू कसलाई होला ? सुनारको दुखेसो छ ।

त्यस्तै वडा नं ५ का खिमबहादुर ओलीलाई पनि सुन्तलाको बोट सुक्दै गएकाले ठूलो चिन्ता थपिएको छ । उहाँले पाँच वर्षअघि खेत र पाखो बारीमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाउनुभएको थियो । रु ५० का दरले खरीद गरेर अन्नबाली उत्पादन हुने ठाउँमा लगाइएका सबै सुन्तलाका बोट हाल सुक्न थालेपछि ओलीलाई पनि सुन्तला खेतीले निराश बनाएको छ । “यस वर्षबाट खेतबारीमा लगाइएका धेरैजसो सुन्तला फल्न शुरु गरेका थिए, तर एकाएक बोट नै सुक्न थाले,” उहाँले भन्नुभयो ।

सुन्तला खेतीबाटै घरपरिवारको खर्च टार्ने गरी अन्नबालीको खेती छाडेका यस क्षेत्रका केही किसानलाई यस वर्षदेखि सुन्तला खेतीले थप चिन्ता थपिदिएको छ । सुन्तला उत्पादनका लागि यहाँको उपयुक्त हावापानी र पर्याप्त माटो हुँदासमेत सुन्तलाका बोट सुकेर गएकाप्रति किसान आश्चर्यमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तला जिल्लाको विभिन्न बजार र सदरमुकाम मुसिकोटमा समेत पुग्ने गर्दछ ।




भर्खरै