६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन



अ+ अ-

अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्ट्सले एउटा असाधारण कदम चाल्दै राष्ट्रपति डोनल्ड ट्रम्पको सार्वजनिक रूपमा आलोचना गरेका छन्।

ट्रम्पले एक सङ्घीय न्यायाधीशले आफ्नो आदेशविपरीत फैसला गरेको झोकमा उनलाई ‘ओबामा पक्षधर’ को सङ्ज्ञा दिएपछि प्रधानन्यायाधीश रोबर्ट्सले उनको आलोचना गरेका हुन्।

आप्रवासीसम्बन्धी आफ्नो नीति उल्ट्याउने गरी फैसला भएकोमा राष्ट्रपति ट्रम्पले ती न्यायाधीश ओबामा पक्षधर भएको आरोप लगाएका थिए।

तर उनको त्यस्तो आरोपको अमेरिकाको सर्वोच्च अदालतका प्रमुखले कडा प्रतिक्रिया दिए।

राष्ट्रपति ट्रम्पको विरोधमा प्रधानन्यायाधीशले प्रतिक्रिया दिएको यो पहिलो पटक हो।

उनले समाचार संस्था एपीसँग कुरा गर्दै न्यायालयमा कोही ओबामा वा ट्रम्प पक्षधर न्यायाधीश नरहेको जनाए।

तर प्रधानन्यायाधीश रोबर्ट्सले न्यायपालिकामा कोही कसैको पक्षधर न्यायाधीश नभएको भनी आलोचना गरेपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो टिप्पणीको बचाउ गर्दै प्रधानन्यायाधीश गलत भएको ट्वीट गरेका छन्।

उनले ‘ओबामा न्यायाधीशहरू’को दृष्टिकोण देशको सुरक्षाको नेतृत्व गर्नेहरूकोभन्दा निकै फरक भएको उल्लेख गरेका छन्।