१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमा डढेलाे, कराेडाैंकाे क्षति



अ+ अ-

बझाङ, ७ मंसिर । जिल्लाको बुगल नगरपालिका वडा नं २ मजीवन गाउँ अन्तरगत पर्ने एकछाले सामुदायिक वनमा आगलागी हुँदा करोडौं मूल्य बराबरको क्षति भएको छ ।

बिहीबार साँझ ४ बजेतिर आगलागी हुँदा सामुदायिक वनमा रहेका विभिन्न प्रकारका महत्वपूर्ण जडिबुटी यार्चा, कटुकी, चिराइतो, वन लसुन लगायत लौठ सल्ला, धुपीसल्ला, लालीगुराँस, भोजपत्रका बिरुवाहरु जलेर नष्ट भएको बगल नगरपालिका वडा २ का स्थानियवासी अर्जुनबहादुर धामीले बताउनुभयो ।

बिहीबर साँझ चार बजेतिर लागेको आगो स्थानीयवासीको पहलमा शुक्रबार ६ बजेपछि मात्र नियन्त्रणमा लिइएको थियाे। स्थानियवासीका अनुसार आगो नियन्त्रण गर्ने क्रममा सामुदायिक वनमा भेटिएका छबिस पाथिभेरे गाँउपालिका वडा ६ वुडखोरीका घर भएका बिनोदबहादुर धामीले आगो लगाएकाे हुन सक्ने अनुमान गरिएको छ ।