१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भट्टराईका दुईवटा भजनसङ्ग्रह बजारमा



अ+ अ-

काठमाडौँ, ८ मङ्सिर:  गीतकार कुमार भट्टराईद्वारा लिपिबद्ध दुई भजन सङ्ग्रह ‘शिव लिला’ र ‘अग्रता काली’ सार्वजनिक गरिएको छ ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले शुक्रबार यहाँ आयोजित कार्यक्रममा दुवै कृति विमोचन गर्नुभएको हो । दुबै भजन सङ्ग्रह हिन्दूधर्मसँग सम्बन्धित नेपाली भजन हुन् ।

‘शिव लिला’ एल्बममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्माग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्बममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ ।

दुवै एल्बममा छ छवटा गीत समावेश छन् ।

सबै गीतमा बिजु बज्रको सङ्गीत रहेको छ ।

विमोचित दुई कृतिसँगै गीतकार भट्टराईका एल्बम तीन पुगेका छन् । यसअघि उहाँले २०७१ मा ‘अग्रता’ नामक एल्बम बजारमा ल्याउनुभएको थियो ।