• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक काममा



बेझाड, पाल्पा, ८ मङ्सिरः गाउँमा मारुनी नाच नाचेर सङ्कलित रकम फोक्सिङकोट पाल्पाका बासिन्दाले सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् ।

जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटको रानीवासमा हरेक वर्ष दशैँ, भाइटीका, हरिबोधनी एकादशी र मङ्सिरे पूजाको भोलिपल्ट मारुनी नाच नाच्ने गरिन्छ ।

उक्तबाट सङ्कलन भएको रकम गाउँमा सामुदायिक भवन तथा, मन्दिर निर्माणका साथै मारुनीको पोशाक, पुस्तक तथा मादल खरीद र नाच संरक्षणजस्ता क्षेत्रमा खर्च गर्ने गरिएको उक्त नाचका संयोजक नरबहादुर सिंजालीले बताउनुभयो ।

मारुनी नाचबाट यस वर्ष रु ५७ हजार ६६३ सङ्कलन भएको थियो ।

मगर वेषभूषा झल्किने पोशाक चोली, फरिया, पटुकी, कण्ठ, टिकिया लगाएर युवा मारुनी दुई समूहमा विभाजित भई पालैपालो भाका निकालेर गीत गाउने र तथा नृत्य गरिन्छ ।

डाँडी, झुमरी, ख्याली र मझौटे गीतका साथै माया प्रेम, ख्यालठट्टाका प्रसङ्ग, भगवान् राम र कृष्णका लीला र राजा महाराजाका विषय प्रसङ्ग उठाई नाच्ने र गाउने पनि गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको उक्त नाच यहाँका युवाले संरक्षण गर्दै आएकमा हुन् ।