३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक काममा

मारुनी नाचबाट सङ्कलित रकम सामाजिक काममा
अ+ अ-

बेझाड, पाल्पा, ८ मङ्सिरः गाउँमा मारुनी नाच नाचेर सङ्कलित रकम फोक्सिङकोट पाल्पाका बासिन्दाले सामाजिक क्षेत्रमा खर्च गर्दै आइरहेका छन् ।

जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटको रानीवासमा हरेक वर्ष दशैँ, भाइटीका, हरिबोधनी एकादशी र मङ्सिरे पूजाको भोलिपल्ट मारुनी नाच नाच्ने गरिन्छ ।

उक्तबाट सङ्कलन भएको रकम गाउँमा सामुदायिक भवन तथा, मन्दिर निर्माणका साथै मारुनीको पोशाक, पुस्तक तथा मादल खरीद र नाच संरक्षणजस्ता क्षेत्रमा खर्च गर्ने गरिएको उक्त नाचका संयोजक नरबहादुर सिंजालीले बताउनुभयो ।

मारुनी नाचबाट यस वर्ष रु ५७ हजार ६६३ सङ्कलन भएको थियो ।

मगर वेषभूषा झल्किने पोशाक चोली, फरिया, पटुकी, कण्ठ, टिकिया लगाएर युवा मारुनी दुई समूहमा विभाजित भई पालैपालो भाका निकालेर गीत गाउने र तथा नृत्य गरिन्छ ।

डाँडी, झुमरी, ख्याली र मझौटे गीतका साथै माया प्रेम, ख्यालठट्टाका प्रसङ्ग, भगवान् राम र कृष्णका लीला र राजा महाराजाका विषय प्रसङ्ग उठाई नाच्ने र गाउने पनि गरिन्छ । लोपोन्मुख अवस्थामा रहेको उक्त नाच यहाँका युवाले संरक्षण गर्दै आएकमा हुन् ।