३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवकोटा र बराललाई राष्ट्रिय पत्रकारिता पुरस्कार



अ+ अ-

काठमाडौँ, ८ मङ्सिरः ‘प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कार सानिमा बैंकले प्रायाेजन गरेकाे हाे ।

प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक देवकोटा र अनलाइन खबरका सम्पादक बराललाई जनही रु दुई लाख ५० हजारका दरले प्रदान गर्ने निर्णय गरेको प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार मङ्सिर २४ गते प्रदान गरिने छ ।