२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवकोटा र बराललाई राष्ट्रिय पत्रकारिता पुरस्कार



अ+ अ-

काठमाडौँ, ८ मङ्सिरः ‘प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गरिने भएको छ । उक्त पुरस्कार सानिमा बैंकले प्रायाेजन गरेकाे हाे ।

प्रेस काउन्सिल राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक देवकोटा र अनलाइन खबरका सम्पादक बराललाई जनही रु दुई लाख ५० हजारका दरले प्रदान गर्ने निर्णय गरेको प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य र काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार मङ्सिर २४ गते प्रदान गरिने छ ।