३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

मौरीपालक किसानको गुनासोः दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन

मौरीपालक किसानको गुनासोः दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन
अ+ अ-

घोराही, ८ मङ्सिर : गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो । किसानले ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरीपालक किसान चिन्तित भए ।

दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै किसानले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नं प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर, घटना घटेको एक महीना पुगिसक्दासमेत कुनै प्रकारको पहल नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

बि एण्ड बिपी मौरी फार्मका विकास नेपालले आफूहरुलाई प्रहरीले पनि दोषीको खोजीकार्यका लागि कुनै पहल नगगरेको गुनासो गर्दै छिटोभन्दा छिटो पहल गरिदिन प्रहरी र स्थानीय निकायलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुको अब मौरीको याम (मौसम) सकिन लागेको र फेरि मौरीका घारहरु चितवन लगेर फर्कनुपर्ने समय आइसक्दासमेत न्यायका लागि पहल नहुनु दुःखद् भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “दोषी पत्ता लगाई कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ, तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।” रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित किसान सूर्यबहादुर सिंजालीले बताउनुभयो ।

उक्त घटनामा मौरीपालक किसानले ४४ घार मौरी नष्ट हुँदा करीब रु १६ लाख जतिको क्षति भएको थियो । चितवनका नेपालको ४० र अर्का किसान सिंजालीको चार घार मौरीमा विषादी हालिएको थियो ।

“नेपाल सरकारको मातहतमा रहेर फार्म सञ्चालन गरिरहेको छौँ”, सिंजालीले भन्नुभयो, “मौरी व्यवसाय सञ्चालक गरेवापतको कर पनि सरकारलाई तिरिरहेका छौँ, तर न्याय पाउन सकेका छैनाँै ।” जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले मरेका घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमाडाँैमा पठाएको र उक्त विवरण आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेल मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गर्ने बताउनुभयो ।

उहाँहरुको मौरी फार्म अनुगमनको लागि ५ नं प्रदेशकी भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले समेत स्थलगत अनुगमन गरी दोषीलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिर्ने आश्वासन दिनुभएको थियो ।