२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौरीपालक किसानको गुनासोः दोषी पहिचान र क्षतिपूर्ति दुवै भएन



अ+ अ-

घोराही, ८ मङ्सिर : गत कात्तिक ६ गते घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा ४४ घार मौरीमा एकै पटक विष हालेर मारियो । किसानले ठूलो लगानी र मेहनत गरेर पालेको मौरीमा एकै पटक विषादी पर्दा मौरीपालक किसान चिन्तित भए ।

दोषीलाई कारवाही र उचित क्षतिपूर्तिको मागसँगै किसानले जिल्ला प्रहरी, घोराही उपमहानगरपालिका र पाँच नं प्रदेश कार्यालयमा समेत निवेदन दिए । तर, घटना घटेको एक महीना पुगिसक्दासमेत कुनै प्रकारको पहल नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।

बि एण्ड बिपी मौरी फार्मका विकास नेपालले आफूहरुलाई प्रहरीले पनि दोषीको खोजीकार्यका लागि कुनै पहल नगगरेको गुनासो गर्दै छिटोभन्दा छिटो पहल गरिदिन प्रहरी र स्थानीय निकायलाई आग्रह गर्नुभयो । उहाँले आफूहरुको अब मौरीको याम (मौसम) सकिन लागेको र फेरि मौरीका घारहरु चितवन लगेर फर्कनुपर्ने समय आइसक्दासमेत न्यायका लागि पहल नहुनु दुःखद् भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “दोषी पत्ता लगाई कारवाहीको माग गर्दैै प्रहरीमा निवेदन दिएँ, तर अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।” रातको समयमा कसले र किन मौरीमा विषादी हाल्यो भन्ने कुरा अझै प्रहरीबाट पत्ता लाग्न नसकेको अर्का पीडित किसान सूर्यबहादुर सिंजालीले बताउनुभयो ।

उक्त घटनामा मौरीपालक किसानले ४४ घार मौरी नष्ट हुँदा करीब रु १६ लाख जतिको क्षति भएको थियो । चितवनका नेपालको ४० र अर्का किसान सिंजालीको चार घार मौरीमा विषादी हालिएको थियो ।

“नेपाल सरकारको मातहतमा रहेर फार्म सञ्चालन गरिरहेको छौँ”, सिंजालीले भन्नुभयो, “मौरी व्यवसाय सञ्चालक गरेवापतको कर पनि सरकारलाई तिरिरहेका छौँ, तर न्याय पाउन सकेका छैनाँै ।” जिल्ला प्रहरी कार्यालय दाङका राजन गौतमले घटनाको अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले मरेका घारमा विषादी हालिएको हो वा होइन भनेर प्राविधिक जाँचको लागि कृषि अनुसन्धान केन्द्र खुमलटार काठमाडाँैमा पठाएको र उक्त विवरण आएपछि कारवाही प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख भरत पोखरेल मौरीमा विषादी हालिएको घटनामा क्षतिपूर्तिको व्यवस्था नभए पनि अवस्था हेरेर उपमहानगरले निर्णय गर्ने बताउनुभयो ।

उहाँहरुको मौरी फार्म अनुगमनको लागि ५ नं प्रदेशकी भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले समेत स्थलगत अनुगमन गरी दोषीलाई कडा कारवाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिर्ने आश्वासन दिनुभएको थियो ।