५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शिक्षक चिनियाँ संस्कृति सिक्दै



अ+ अ-

काठमाडौँ, ९ मङ्सिर  ः कलङ्कीस्थित लर्निङ रियल्म, इन्टनेशनल (एलआरआई) विद्यालय परिसरमा अहिले देशका विभिन्न विद्यालयका शिक्षक चिनियाँ भाषा, साहित्य तथा संस्कृति सिक्दैछन् ।

सम्बन्धित विद्यालयका शिक्षकले त्यहाँको संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषाको दीक्षा लिएपछि नयाँ संस्कृतिलाई आफ्ना विद्यार्थीलाई बुझाइने उनीहरुको तयारी छ ।

चीन सरकारको सहयोगमा गत कात्तिक २७ गतेदेखि यही मङ्सिर ११ गतेसम्म सञ्चालन गरिएको उक्त कक्षामा काठमाडौँ उपत्यका र धादिङका विभिन्न सामुदायिक र निजी गरी ६० विद्यालयका करीब १५० शिक्षक सहभागी छन् । शिक्षण अवधि छोटो भएका कारण सोहीअनुसारका पाठ्यक्रम विकास गरिएको छ भने चिनियाँ विज्ञले दैनिक जीवनमा प्रयोग गरिने भाषा, चिनियाँ कला, साहित्य र संस्कृतिको परिचयका साथै मनोरञ्जनका विविध पक्षलाई सिकाएका छन् ।

सहभागी शिक्षक चूडामणि सुवेदीले भाषाको अज्ञानले धेरै कुरा सिक्न कठिनाइ हुने भए पनि चिनियाँ संस्कृतिका नयाँ ज्ञान उपलब्ध भएको बताउँदै त्यहाँ जानेका शिक्षण शैलीलाई कालीमाटीस्थित जनप्रभात माविका शिक्षक तथा विद्यार्थीकाबीच अनुभव आदानप्रदान गर्ने बताउनुभयो ।

आर्थिक विकास र समृद्धिले अहिले विश्वको ध्यान खिचेको अवस्थामा उनीहरुले चीनका साहित्य, मौलिक परम्परा, सभ्यताबारे विश्वका धेरै स्थानबाट यस किसिमको शिक्षा तथा संस्कृति आदानप्रदान थालेका छन् । चिनियाँ सरकारले नेपालका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

एलआरआई विद्यालयका अध्यक्ष शिवराज पन्तले भाषाका माध्यमबाट विभिन्न विद्यालयका शिक्षकको क्षमता अभिवृद्धि, सामाजिक सेवा, प्रविधिको ज्ञान उपलब्ध गराउन चीनले गरेको सहयोगको सराहना गर्दै ग्रामीण भेगका शिक्षकलाई समेत यस किसिमको प्रशिक्षण दिन सकेमा विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कन्फ्युसियस कक्षा समेत सञ्चालन गरेको उक्त विद्यालयले विभिन्न मुलुकका विद्यालय तथा शिक्षण संस्थासँग सहकार्य गरी सांस्कृतिक आदानप्रदान कार्यक्रममा गर्दै आएको छ । देशमा राजनीतिक व्यवस्था पारदर्शी भएमा समाजका सबै पक्ष सुदृढ हुने विश्वासका साथ विद्यालयले संसद् कक्ष निर्माण गरेको छ । देशभरका सबै जिल्लाबाट विद्यार्थीको त्यहाँ प्रतिनिधित्व गराई संसद्को अभ्यास गराउने तयारी गरिएको छ ।

यस किसिमका संस्कृति तथा भाषाका माध्यमबाट स्वदेशमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा उचित वातावरण मिल्ने विश्वास लिइएको छ । उक्त विद्यालयमा सिकाइएका विषयवस्तुको परीक्षा लिएर उत्कृष्ट विद्यार्थी छनोट गरी चीनमा उच्च तहको भाषा र संस्कृति सिकाउन पठाइने छ ।

एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले परम्परागत शिक्षा प्रविधि ठीक नरहेकाले विद्यार्थी तहदेखि नै गुणात्मक परिवर्तन गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै उक्त प्रशिक्षणबाट शिक्षक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो । (रासस)