४ असार २०८३, बिहीबार
,
Latest
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्टावक्रगीताको व्याख्यासहितको नेपाली अनुवाद सार्वजनिक



अ+ अ-


काठमाडौँ, १० मङ्सिर (रासस) – संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्धारा विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको ‘अष्टावक्रगीता’ पुस्तक सार्वजनिक भएको छ ।
पशुपतिनाथ क्षेत्रमा आइतबार आयोजित एक विषेश समारोहमा महेश सन्यास आश्रम, देवघाटका स्वामी मधुसुधनानन्द गिरीले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।
संस्कृत भाषामा रहेको राजा जनक र ब्रह्मर्षि अष्टाबक्रको सम्वादलाई प्राध्यापक रिसालले नेपाली भाषामा अनुवाद गरी त्यसमाथि विशेष टिप्पणीसहितको व्याख्या गर्नुभएको छ । उक्त पुस्तक महेश सन्यास आश्रम, देवघाटले प्रकाशन गरेको हो ।
सो पुस्तकमा मिथिलाका राजा जनक र ब्रह्मर्षि अष्टाबक्रबीचको सम्वाद समेटिएको छ । अष्टाबक्रले राजा जनकको राजसभामा आफ्नो अनुपम विद्धता प्रदर्शन गरेर सो सभामा उपस्थित सबै विद्धानहरुलाई चकित पार्नुभएको थियो ।
यो अष्टाबक्रगीता अरु गीताजस्तो साधनाको क्षेत्रमा भन्दा पनि चिन्तनको दृष्टिले गहकिलो मानिन्छ । मानिसले ज्ञान, सिद्दी र मोक्ष कसरी प्राप्त गर्नसक्छ भन्ने बारेमा ब्रह्मर्षि अष्टाबक्रले सजिलोसँग बाटो देखाउने प्रयत्न गर्नुभएको विद्धतापूर्ण बहसलाई यस पुस्तकमा समेटिएको छ ।
स्वामी मधुसुधनानन्दले सो पुस्तक नेपालीमा अनुवाद गरेर प्राध्यापक रिसालले वैदिक सनातन धर्म तथा संस्कृत वाङ्मयको संरक्षण र सम्बर्धनमा ठूलो गुन लगाउनुभएको बताउनुभयो ।
प्राध्यापक रिसालले आफूले नेपाली भाषी नागरिकलाई पाठ पढाउन नभई ज्ञानी बनाउने उद्देश्यका साथ अष्टाबक्रगीताको नेपाली भाषामा अनुवाद गरी त्यस कृतिको महत्वको विशेष विवरण र व्याख्या समेत गरेको बताउनुभयो ।
यत्रो ठूलो र महत्वको ग्रन्थ नेपाली भाषामा अनुवाद उपलब्ध नभएकोले निकै लामो समयको साधनासहित यो पुस्तक तयार पारेको प्राध्यापक रिसालले बताउनुभयो ।
प्राध्यापक रिसालले नेपाली र संस्कृत वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । उहाँले यो सहित ६३ ओटा कृति प्रकाशन गरिसक्नुभएको छ ।