१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग



अ+ अ-

काठमाडौँ, २ पुस : यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो ।

चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताउनुभएको छ । साथै उहाँले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।रासस