• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

विद्यालयलाई जापानी सहयोग



काठमाडौं, ११ मंसिर । जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित एक विद्यालयलाई भूकम्प प्रतिरोधी बनाउन करिब ४ करोड ९० लाख उपलब्ध गराउने भएको छ ।

उक्त सहयोग सम्बन्धमा नेपालस्थित जापानी राजदूत मासामिची साइगो र चाइल्ड फन्ड जापानका उपकार्यकारी निर्देशक कोजी मात्सुराले हस्ताक्षर गर्नुभयो । चाइल्ड फन्ड जापानको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो ।

स्थानीय सरकार, सरोकारवाला निकायहरु र स्थानीय जनतासँग निकट सम्बन्ध राखी उक्त परियोजना कार्यान्वयन गरिने नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

परियोजनाबाट सुनकोशी नगरपालिकाको जनजागृती माध्यमिक विद्यालयको पुनर्निर्माण गरिने, विद्यालयमा छ वटा कक्षाकोठा निर्माण गरिने तथा खानेपानीको प्रबन्ध गरिने छ ।

साथै, विद्यालय व्यवस्थापन समितिको क्षमता निर्माण गरिने छ । उक्त कार्यक्रम अन्तर्गत बाल अधिकारमा आधारित स्कुल विपद जोखिम न्यूनीकरण–रोकथाम योजना बनाउन मद्दत गर्ने, आपतकालीन परिस्थितिमा बाल सुरक्षाको सचेतना वृद्धि गर्ने तथा आपतकालीन तालिम उपलब्ध गराइनेछ ।

सम्झौताका क्रममा राजदूत मासामिची साइगोले नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।