१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा टोपी फुकाल्नुपर्दा …



अ+ अ-

काठमाडौ – पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल विदेश भ्रमणमा जाँदै हुनुहुन्थ्यो । विमानस्थलमा सुरक्षा जाँचका क्रममा उहाँलाई टोपी फुकाल्न भनेपछि उहाँको कनसिरी तातिएर आयो । सुरुमा त उहाँले मान्नुभएन । तर दोस्रो व्यक्तिले समेत टोपी फुकाल्न भनेपछि नफुकाली धरै पाउनुभएन ।

यो घटनाले आफ्नो स्वाभिमानमा चोट पुगेको डा. ढकालले बताउनुभएको छ ।

त्रिभुवन विमानस्थलको सुरक्षा निरीक्षणको क्रममा शीरको टोपी फुकाल्नुपरेपछि उहाँले आफ्नो गौरव र आत्मसम्मानमा ठूलो प्रहार भएको अनुभूति भएको बताउनुभएको हो ।  ।

यसअघि थुप्रै देशविदेशको भ्रमण गरिसक्नुभएका ढकालले अहिलेसम्म कहीँ कतै पनि  टोपी खोल्नु परेको थिएन । आफ्नै देशको विमानस्थलमा टोपी फुकाल्नुपर्दाको अनुभवबारे फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ ‘एकाध पटकका बेलामा जवाफ दिएको छु ‘म नेपालबाट र यो मेरो राष्ट्रिय पहिचान हो । म गौरवका साथ टोपी ढल्काएर हिँड्छु ।’

सुरक्षा जाँचका क्रममा मन अमिलो भएको भन्दै उहाँले भन्नुभएको छ ‘सुरक्षाका कारणले सर्वाङ्गको निरीक्षण स्वाभाविकै होला । तर शीरको टोपीका विषयमा म सन्तुष्ट हुन सकिन । प्रविधिको विकासले टोपीको परीक्षण गर्नलाई फुकाल्नैपर्ने बाध्यता त पक्कै पनि दिएको छैन । सम्बन्धित निकायमा आफ्नो दुःख त बिसाएँ । तर आँखा रसाइरहे । केही धार्मिक सम्प्रदायका केही प्रचलनको सम्मान गरेजस्तै गरी राष्ट्रको गौरव र पहिचानको पनि सम्मान गर्न पाए …..’