१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार थामियो



अ+ अ-

काठमाडौँ, ११ मङ्सिर(रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ । बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ । यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ । सामान्य सुधार भएको बजारमा सूर्याेदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन् ।

यस्तै एनएलजी इन्सुरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैङ्क, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र एक्सेल डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् । यस्तै नेपाल क्रेडिट एण्ड कर्मस बैङ्क लिमिटेडको एक करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद शेयर स्कटमा सूचीकृत भएको छ ।