२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बस्न सकेन सचिवालय बैठक ? प्रचण्ड नै भए दिक्क



अ+ अ-

न्युजपोलार समाचारदाता
१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो पनि स्थगित भयो । नियमित बस्ने भनिएको सो बैठक हिजो तेस्रो पटक अन्तिममा आएर रोकिएको बताइएको छ । पार्टी भित्र छलफल हुनुपर्ने माग यसअघि पनि निकै लामो समयदेखि पार्टीभित्रैबाट उठ्दै आएको हो । पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुले सचिवालय बैठक किन नबसेको भनी प्रश्न पनि गर्ने गरेका छन् । यसरी प्रश्न उठेको भए पनि अझै बैठक बस्न सकेको छैन । ती सदस्यहरुले भने पार्टीका अध्यक्ष प्रचण्डसँग मंगलवार भएको भेटमा प्रचण्डले बैठक बस्न नसकिरहेको भन्दै लाचारी व्यक्त गरेको एक नेताले बताए । उनका अनुसार अध्यक्ष प्रचण्ड आफैं असन्तुष्ट देखिए । पार्टी सचिवालय बैठक बस्नुपर्ने भन्दै गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै उनले खोई किन हो आफूले पनि भन्न नसक्ने अवस्था दर्साएका थिए । एकजना नेताले भने त्यसपछि त हामीमा पनि दिक्दारी आएको छ उहाँले किन बैठकको टुंगो गर्न सक्नुभएन भन्ने बारमा हामीहरु पनि निकै दुःखी भएका छौँ ।
प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने–तपाईंहरुका माग र गुनासा जायज नै छन् । अबको बैठकका एजेण्डा पनि यिनै हुन् । तर बैठक नै बस्न सकिरहेको छैन । प्रधानमन्त्रीको व्यस्तताले पनि होला । बैठक नै बस्न नसकिने, खै के खै के जस्तो भइरहेको छ । सोमवारै केन्द्रीय सचिवालय बैठक बस्ने भनिएको थियो । सो बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा प्रदेश कमिटीहरुको टुंगो लगाउने भनिएको थियो । उता नेकपा नेताहरुले भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्ने गरेको आरोप लगाएका छन् । उता बुधबारै सार्वजनिक एक कार्यक्रमअनुसार नेकपा सचिवालयको बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । तर पनि अन्तिम समयमा आएर भने प्रधानमन्त्रीको समय नमिलेमा बैठक स्थगित हुन सक्ने स्रोतले जनाएको छ ।