२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर टाँस्ने १२ युवा मण्डलाबाट पक्राउ



अ+ अ-


निर्मला पन्तका हत्यारा पक्राउ गर्न मागगर्दै पोष्टर टाँस्ने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले शुक्रबार अपरान्ह पोष्ट टाँस्न खोज्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको हो । मण्डलामा जम्मा भएका केही युवायुवतीहरुले विजुलीको खम्बामा निर्मलाका पोष्ट टाँस्न खोज्दै थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्करपछि हत्या भएको थियो । तर सरकारले दुई महिनाभन्दा लामो समयसम्म पनि हत्यारा पक्राउ गर्न सकेको छैन । उनको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिर सहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको बताछ । सो अभियानका अभियानकर्ता सिर्जना बिश्वकर्माका अनुसार पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको थियो । बिजुलीको पोलमा उनको तस्बिर टाँस्न खोज्दा पक्राउ गरिएको थियो । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको छ । “सरकार भेटियो, न्याय भेटिएन” भनेर लेखिएको पोस्टर टासेको आरोपमा ती १२ जनालाई नेपाल पोलिसले पक्राउ गरेर अनामनगर पुलिस स्टेसनमा ल्याएको छ ।