१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर टाँस्ने १२ युवा मण्डलाबाट पक्राउ



अ+ अ-


निर्मला पन्तका हत्यारा पक्राउ गर्न मागगर्दै पोष्टर टाँस्ने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले शुक्रबार अपरान्ह पोष्ट टाँस्न खोज्दैगर्दा उनीहरुलाई पक्राउ गरिएको हो । मण्डलामा जम्मा भएका केही युवायुवतीहरुले विजुलीको खम्बामा निर्मलाका पोष्ट टाँस्न खोज्दै थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्करपछि हत्या भएको थियो । तर सरकारले दुई महिनाभन्दा लामो समयसम्म पनि हत्यारा पक्राउ गर्न सकेको छैन । उनको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिर सहितको पोस्टर टाँस्न खोज्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको बताछ । सो अभियानका अभियानकर्ता सिर्जना बिश्वकर्माका अनुसार पन्तको तस्बिर टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।
पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै माइतीघरमा प्रदर्शन समेत गरिएको थियो । बिजुलीको पोलमा उनको तस्बिर टाँस्न खोज्दा पक्राउ गरिएको थियो । उनका अनुसार पक्राउ परेका सबै जनालाई अहिले सिंहरदबार प्रहरी वृत्त लगिएको छ । “सरकार भेटियो, न्याय भेटिएन” भनेर लेखिएको पोस्टर टासेको आरोपमा ती १२ जनालाई नेपाल पोलिसले पक्राउ गरेर अनामनगर पुलिस स्टेसनमा ल्याएको छ ।