१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको बिमान नेपालगञ्ज धाबनमार्गमा स्यालसंग ठोक्कियो



अ+ अ-

काठमाडौं । काठमाडौंबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको उडान एक बिमान अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किएको छ । बुद्ध एयरका अनुसार ४०७, कल साईन 9N-AJX जहाज अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किएको हो ।  

बुधबार  काठमाडौंबाट नेपालगञ्जको उडान नं.४०७, कल साईन 9N-AJX जहाज अतवरण गर्ने क्रममा स्यालसँग ठोक्किन पुग्दा जहाजमा सामान्य क्षति पुगेको छ । चालक दलसहित सबै यात्रुहरु सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ ।  

नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि बुद्ध एयरले काठमाडौंबाट छुट्टै खाली जहाज पठाएको थियो । बुद्ध एयरले नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराएको जनाएको छ ।  उसले भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि सरोकारबाल निकायहरुलाई अनुरोध गरेको छ  ।