९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थले राष्ट्रपति चुरे कार्यक्रमलाइ दियाे डेढ अर्ब रूपैयाँ



अ+ अ-

काठमाडाैं, १४ मंसिर । अर्थ मन्त्रालयले राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिका लागि चालु अार्थिक वर्षकाे कार्तिक महिनामा एक अर्ब ४६ कराेड २६ लाख २५ हजार रकमान्तर निकासा दिएकाे छ ।

यसैगरी, अर्थले फिक्स्ड विङ्स जहाज खरिदकाे भुक्तानी गर्ने प्रयाेजनका लागि जङ्गी अड्डालाइ ५९ कराेड, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाइ करिब १ अर्ब ६८ कराेड, नेपाली सेनाकाे नयाँ एम्युनिसन प्लान्ट स्थापना गर्न २ अर्ब ४५ कराेड ५० लाख रकमान्तर गरेकाे छ ।

यसबाहेक विभिन्न मन्त्री, सरकारी पदाधिकारीका लागि भएकाे भ्रमण खर्चकाे भुक्तानीका लागि पनि अर्थले रकम रकमान्तर गरेकाे जनाएकाे छ ।

यसअघि चालु अार्थिक वर्षकै साउन, भदाै र असाेज महिनामा समेत अर्थ मन्त्रालयले रकमान्तर गरी विभिन्न निकायलाइ रकम उपलब्ध गराएकाे छ ।

साउन महिनामा बिमस्टेक सम्मेलनका लागि उपयुक्त सवारी साधन बुलेट प्रुफसमेत भाडामा लिन गृह मन्त्रालयकाे नाममा २ कराेड रकमान्तर गरिएकाे अर्थ मन्त्रालयले जनाएकाे छ ।