२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यासुन्दरले गरे विज्ञ समूह गठन



अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः  काठमाडौँ महानगरपालिका–३१ ले कामलाई थप प्रभावकारी बनाउन सात सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, ई धनबहादुर सापकोटा, जीवनाथ पोखरेल र अधिवक्ता केदार कोइरालासहितको समूह गठन गरिएको हो ।

विज्ञ समूहले जनताको समस्या के हो जानकारी लिने, समस्या समाधान गर्नतर्फ वडा कार्यालयलाई घच्घच्याउनेजस्ता कार्य गर्नुपर्ने वडाध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको र बाँकी अन्य काम पनि तत्काल गर्ने तयारीमा कामपा रहेको जानकारी गराउनुभयो ।

महानगरको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापन र सार्वजनिक कुकुर व्यवस्थापनको माग गरिएको थियो ।