१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुलीको ‘अघोरी’, विकृतिमाथि चाेटिलाे प्रहार



अ+ अ-

हेटौँडा, १५ मंसिरः मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।

साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् ।

समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उहाँले भन्नुभयो, “मधेशका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको पे्रमलाई उतारिएको छ ।

साहित्यकार अप्सरा तिम्सिनाले पत्रकारिता शैलीमा लेखिएकाले कथा सङ्ग्रह पठनीय विचार व्यक्त गर्नुभयो । “चरम गरीबीमा पनि पे्रम झाङ्गिएको दृश्य रोमान्टिक लाग्यो” उहाँले भन्नुभयो ।

पाठकसँग साक्षात्कार गर्दै लेखक पराजुलीले नेपाली जनताले बढी अपेक्षा गरेका कम्युनिष्ट शक्तिसमेत स्खलित भएकाले कम्युनिष्टलाई नै अझ बढी प्रहार गर्नुपरेको जिकिर गर्नुभयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिलले समाजमा व्याप्त समस्या, राजनीतिक चरित्रलाई लेखकले जस्ताको तस्तै पस्कन सफल भएको बताउनुभयो ।