६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा जोगाउन प्रिय छुरा चलाउने निर्णय गरेका हौँ: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाले उम्मेदवारी घोषणाा गर्नुभएको छ । राजधानीमा एक कार्यक्रम गर्दै उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङ्देनले आफुहरुको उम्मेदवारी तीन नेता विरुद्धको बिद्रोह नभइ राप्रपाको भविष्यका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो 'पार्टीलाई सुदृढ र बलियो बनाउन आफुहरु बाध्य भएर मैदानमा आएका हौँ, पार्टी स्थापना पछि हालसम्म कसैले पनि नेतृत्व लिन आट नगरेका कारण कसैलाई केही अस्वभाविक लाग्नु स्वभाविकै हो ।' उहाँले भन्नुभयो, "राप्रपा समाप्त हुन लाग्यो, कहाँको राजसंस्था कहाँको हिन्दूराष्ट्र त्यसैले एजेण्डा कार्यन्वयन गर्न पनि हामी मैदानमा आएका हौँ ।"

आफुहरु सधैभर नेतृत्वको कारिन्दाका रुपमा  काम गर्दै आएको तर सधै नेतृत्वको कारिन्दा हुन नसक्ने बताउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्र पक्षधरलाई ६ महिना भित्र एकिकृत गर्ने दाबी गर्दै बलियो बन्दै गएको राप्रपा किन कमजोर भयो भनेर जनस्तरमा समिक्षा गर्ने बताउनुभयो । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको महाधिवेशन हुँदैछ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।