१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा जोगाउन प्रिय छुरा चलाउने निर्णय गरेका हौँ: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाले उम्मेदवारी घोषणाा गर्नुभएको छ । राजधानीमा एक कार्यक्रम गर्दै उहाँहरुले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै लिङ्देनले आफुहरुको उम्मेदवारी तीन नेता विरुद्धको बिद्रोह नभइ राप्रपाको भविष्यका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो 'पार्टीलाई सुदृढ र बलियो बनाउन आफुहरु बाध्य भएर मैदानमा आएका हौँ, पार्टी स्थापना पछि हालसम्म कसैले पनि नेतृत्व लिन आट नगरेका कारण कसैलाई केही अस्वभाविक लाग्नु स्वभाविकै हो ।' उहाँले भन्नुभयो, "राप्रपा समाप्त हुन लाग्यो, कहाँको राजसंस्था कहाँको हिन्दूराष्ट्र त्यसैले एजेण्डा कार्यन्वयन गर्न पनि हामी मैदानमा आएका हौँ ।"

आफुहरु सधैभर नेतृत्वको कारिन्दाका रुपमा  काम गर्दै आएको तर सधै नेतृत्वको कारिन्दा हुन नसक्ने बताउनुभयो । उहाँले राजसंस्था र हिन्दूराष्ट्र पक्षधरलाई ६ महिना भित्र एकिकृत गर्ने दाबी गर्दै बलियो बन्दै गएको राप्रपा किन कमजोर भयो भनेर जनस्तरमा समिक्षा गर्ने बताउनुभयो । मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको महाधिवेशन हुँदैछ । महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी भई पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।