३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्दै लघुवित्तका शेयर, ५०० विन्दुमा काराेबार



अ+ अ-

काठमाडौँ, १५ मङ्सिरः कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रुपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ ।

बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत सो समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो । नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका शेयर यस वर्षको मङ्सिर दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेका हुन् ।

यस साताको कारोवार हुने अन्तिम दिन अर्थात् मङ्सिर १३ गतेसम्म शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार १४८ बिन्दुमा पुगेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका शेयर घटेर न्यूनतम ५०० को बिन्दुमा झरेका छन् । स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्सको पछिल्लो कारोवार प्रतिकित्ता रु ७१० मा भएको छ । प्रतिकित्ता रु ९६३ सम्म कारोवार भएको सो कम्पनीको शेयर ओरालो लागेको छ ।

छिमेक लघुवित्त विकास बैंकको शेयर गत वर्ष रु एक हजार १३० मा कारोवार भएको थियो । सो कम्पनीको शेयर ओरालो लागेर हाल रु ८५३ मा खरीद बिक्री भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरसमेत घटेको छ । गत वर्ष रु एक हजार ३२ मा कारोवार भएको सो कम्पनीको शेयर हाल रु ५५६ मा कारोवार भएको छ ।

डिप्रोक लघुवित्त वित्तीय संस्था रु ५९० र फष्ट माइक्रो फाइनान्स रु ३३० मा कारोवार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर रु एक हजार ८३६ मा सीमित भएको छ । गत वर्ष फरवार्डको रु तीन हजार ५३२ मा खरीद बिक्री भएको थियो । गत वर्ष मङ्सिरमा रु एक हजार ५६२ मा खरीद बिक्री भएको ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार रु एक हजार ४४ मा कारोवार भएको थियो ।

कुनै समय अत्यधिक मात्रामा आकर्षक मानिएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयर फराकिलो बिन्दुले घटेको छ । गत वर्षको मङ्सिरमा रु तीन हजार ७७५ मा कारोवार भएको सो संस्थाको शेयर ओरालो लागेर रु दुई हजार ६०० मा झरेको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु ४३० मा कारोवार हुँदा कालिका लघुवित्तको रु ९४१, किसान माइक्रो फाइनान्सको रु एक हजार १७०, लक्ष्मी लघुवित्तको रु ७१८, महिला सहयात्रा माइक्रो फाइनान्सको रु ६०५ र मेरो माइक्रो फाइनान्सको शेयर रु ९६५ मा खरीद बिक्री भएको छ ।

आकर्षक मानिने महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रु एक हजार २२५, मिर्मिरे लघुवित्त वित्तीय संस्था रु ९८०, नाडेप लघुवित्त रु ७१६, नागबेली लघुवित्त रु ८२१, नेशनल माइक्रो फाइनान्सको रु एक हजार ७६६, नयाँ नेपाल लघुवित्त रु ५२०, नेपाल सेवा लघुवित्त रु ५४१, नेरुडे लघुवित्त रु ५०५, निर्धन उत्थान लघुवित्त रु ७१६, एनएमबी माइक्रो फाइनान्स रु एक हजार ३०, आरएमडिसी लघुवित्त रु ५८४, आरएसडिसी लघुवित्त रु ३८२ र समता लघुवित्तको शेयर रु एक हजार ९४ मा कारोवार भएको छ ।

अधिकांश माइक्रो फाइनान्सको शेयर ओरालो लाग्दा बोमी माइक्रो फाइनान्स वित्तीय संस्थाको रु ८३४, विजय लघुवित्त वित्तीय संस्था रु ६०१, उन्नती माइक्रो फाइनान्स रु एक हजार ५३२, स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक रु ५१६, स्वदेशी लघुवित्त वित्तीय संस्था रु ६२४, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक हजार ५०, साना किसान विकास बैंकको रु एक हजार ३०, समिट माइक्रो फाइनान्स रु ७७०, सर्पोट माइक्रो फाइनान्स रु ६३० र सूर्योदय लघुवित्तको शेयर रु एक हजार ४८० मा कारोवार भएको छ । (रासस)