७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सौन्दर्यकी खानी बराहपोखरी

सौन्दर्यकी खानी बराहपोखरी
अ+ अ-

खोटाङ, १६ मङ्सिर: चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ ।

पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा पनि पाइने हुँदा यहाँ पर्यटकको आकर्षण बढेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि १६ कोष दक्षिणमा पर्ने ‘बराहपोखरी’ लाई सौन्दर्यकी रानीको रूपमा लिइन्छ । झण्डै पा“च किलोमिटर क्षेत्रफल ओगटेको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्छ ।

परापूर्वकालमा एउटा घरको अगेनाबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहा“बाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर ताल बनेकाले यसलाई बराहपोखरी भनिएको किंबदन्ती छ ।

दुई दिन पैदल यात्रा गरेर दिक्तेल बजारदेखि टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोलापारी बराहपोखरी पुगिन्छ । यसैगरी उदयपुरबाट खोटाङ हुँदै र उदयपुरको सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाँध हुँदै पनि त्यहाँ पुगिन्छ ।

बराहपोखरीमा स्थानीय शैलीका होटल प्रशस्त रहेकाले बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुललगायत परिकारहरू प्रशस्तै पाइन्छन् ।

उक्त पोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास छ । बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने जनविश्वासका साथै शान्तिको कामनाका लागि जोडी परेवा उडाउने पनि गरिन्छ ।

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजा गरे सन्तान पाइने जनविश्वास पनि छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सत्बीज छर्ने गरिन्छ ।

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाको धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । यस वर्षको मेलामा मात्रै डुङ्गा सयर गर्ने पर्यटकबाट रु ६० हजार सङ्कलन गरिएको पोखरी व्यवस्थापन समितिले जनाएको छ ।

हालै नेपाल सरकारले देशका १०० गन्तव्यस्थलमध्ये यो पोखरीलाई एक गन्तव्यस्थलको रूपमा घोषणा गरेकाले यस जिल्लाको पर्यटन विकासका लागि यो घोषणा कोशेढुङ्गा साबित भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई बताउनुहुन्छ ।

आव २०७३÷७४ मा यस पोखरीको पूर्वाधार विकासका लागि उहाँले संसदीय विकास कोषबाट ६० लाख उपलब्ध गराउनु भएकामा त्यसबाट बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको थियो ।(रासस)