३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिनुभयो । यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए ।

यही मङ्सिर ७ गते बसेको स्थायी कमिटी बैठकले कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्ने छ ।

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ । रासस