१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन



अ+ अ-

काठमाडौँ, १६ मङ्सिर: पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन आज सकिएको छ ।

घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ ।

सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताउनुभयो ।

उहाँले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गर्दै घोषणापत्रको कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “लघुवित्त अघिअघि दौड्नुभएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ, पन्ध्र बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्थामा चित्त नबुभmे त्यसमा कार्यदल बनाएर अघि बढौँ, सरकार समस्या भएका व्यवस्था संशोधन गर्न तयार छ ।”

बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।”

अर्थमन्त्री डा खतिवडाले काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो भन्नुभयो ।

सांसद लीलानाथ श्रेष्ठले गरीबी र अशिक्षालाई हटाउन र देशको समृद्धिका लागि सरकारको मात्र मुख नताक्न आग्रह गर्नुभयो ।

सांसद तुलसा थापाले विपन्न वर्गलाई उठाउन र विशेष गरी महिलालाई अगाडि बढाउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै सम्मेलनमा देखिएको उपस्थितिले पनि अब महिला एक्लै छैनन्, उनीहरूलाई साथ दिन लघुवित्त छ भन्ने प्रमाण दिएको धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनले लघुवित्तमा हालसम्म पहुँच नभएका तथा दुर्गम स्थानका अति विपन्न वर्गमा समेत पु¥याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुँच विस्तार गर्ने विषयलाई समेटेको छ । यस्तै लघुवित्त संस्थाले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्णपालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सम्मेलनले जनाएको छ ।

सम्मेलनको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।