१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चेम्बर र म्यानमार चेम्बर अफ कमर्सबीच समझदारी



अ+ अ-


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबिच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बर एक्स्पो २०१८ को सन्दर्भ पारेर गरिएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गर्नुभएको थियो । निर्देशक हरि प्रकाश चन्दले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
उक्त समझदारी पत्र पश्चात द्विपक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने बिश्वास व्यक्त गरिएको छ । हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा बिभिन्न देशका चेम्बर अफ कमर्ससँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।