९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका अर्बपति विनोद चौधरीको होटल लिलामीमा !



अ+ अ-

नेपालका अर्बपति व्यापारी विनोद चौधरीको रुवाण्डाको एक होटल लिलामीमा परेको समाचार छ । उनले बैंकको ऋण तिर्न नसक्दा सो होटल लिलामीमा परेको बताइएको छ । उक्त होटल लिलामीमा परेको समाचार त्यहाँको एक अखबारले छापेको छ ।  उक्त होटलका सेयर होल्डरहरुको बीचमा विवाद उत्पन्न भएको र बैंकको ऋण तिर्न नसक्ने अवस्था भएपछि होटल लिलामीमा चढेको दि न्यु टाइम्स नामक अखबारले लेखेकोछ । त्यससम्बन्धी विस्तृत समाचार पढ्न यो लिंकमा जान सकिन्छ । यति ठूला व्यवसायी घरानाको संलग्नता रहेको  उबुम्बे ग्राण्डी होटल भने करोडौं नतिरेको आरोपमा धरासायी हुने अवस्थामा पुगेको हो ।

यही वर्षको सेप्टेम्बर १८ मा रुवाण्डा विकास बोर्डले १.८ करोड अमेरिकी डलर नतिरेको भन्दै होटल बन्द गर्ने मनसाय युक्तपत्र पत्र पाएको बताइएको छ।  रुवाण्डाबाट प्रकाशित हुने ‘द न्यू टाइम्स’ले सीजी कोर्र्पले आफ्नो ‘द जिन्क’ ब्राण्डमार्फत होटेल व्यवस्थापन गर्ने भन्ने सहमति उलङ्घन गरेपछि समस्या सुरु भएको जनाएको छ ।

तथापी अन्य दुई साझेदारले होटल लन्च हुनुभन्दा तीन महिना अघि व्यवस्थापन सहमति एकतर्फी रुपमा अन्त्य गरिदिएको बताइन्छ । अघिल्लो वर्ष द हिल्टन ग्रुपले होटेलको व्यवस्थापन जिम्मा लिने रिपोर्ट आएपछि सेयरहोल्डरमाझ द्वन्द्व बढेको थियो ।

https://www.newtimes.co.rw/news/ubumwe-grande-hotel-disputes?fbclid=IwAR0dc4fCgn8JgRoO6sh0kPh5sPNl5JiFamDDMrirk_mpAPoid39tATf7Er4