३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा

रातो मछिन्द्रनाथको रथ मङ्सिर २६ मा पाटनमा
अ+ अ-

– सञ्चिता घिमिरे

ललितपुर, १८ मङ्सिर – रातो मछिन्द्रनाथको रथलाई यही मङ्सिर २६ गते पाटन ल्याइने भएको छ । गत बिहीबार मछिन्द्रनाथका ज्योतिष खलकले हेरेको साइतअनुसार बुङ्मतिमा रहेका देवता पाटन ल्याउने साइत जुरेको हो ।

ज्योतिषले निकालेका साइतका आधारमा मिती तय भएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । स्नान पर्व(नुहाउने पर्व), यचिक त्याग(पवित्र पार्ने काम), चा पूजा(माटो पूजा) र पीठ पूजा(पछाडिको पूजा) को साइत ज्योतिषले निकालेका हुन् । देवता पाटन ल्याएपछि माघ ३ गते स्नान पर्व, माघ ११ गते यचिक त्यगु, माघ २९ गते चा पूजाको साइत निस्केको छ ।

फागुनको १८ गते पीठ पूजाको साइत निस्केको छ । शाखाका प्रमुख शैलेन्द्र पौडेलले भन्नुभयो, “सबै सर्वसञ्चालनका लागि हामीले आवश्यक तयारी शुरु गरिसकेको छौं ।” ज्योतिष कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलवजारस्थित सोह्खुट्टे पाटीमा बसेर साइत हेर्नुभएको हो । साइत हेर्ने परम्परामा भने धेरै परिवर्तन आइसकेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।

सोह्रखुट्टेपाटीमा हिरण्यवर्ण महाविहारका ३२ जना पूजारी पुग्थे । विस्तारै १६ हुँदै अहिले एकजना पनि पूजारी त्यहाँ आउँदैनन् । पहिले साइत हेर्न चार ज्योतिष हुनुप¥थ्यो । वाचक, लेखक, स्रोता र दर्शक गरेर गुठी संस्थानमा चार ज्योतिषको दरबन्दी छ । नयाँ नियुक्ति नगर्दा वषौँंदेखि दुई ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् ।

ज्योतिष जोशीले भन्नुभयो, “महत्व नबुझ्दा जात्राका कतिपय कुरा खुम्चिदै छ ।”साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महीनाको हिसाबले पनि मछिन्द्रनाथको कुनै पनि काम पुस महीनामा गर्न शुभ मानिदैन । त्यसैले, अधिकांश वर्षमा मङ्सिर महीनामा नै साइत हेरिसक्ने गरिएको छ ।

उपत्याकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्रनाथको जात्राको अवधि झण्डै छ महीना हुन्छ । बुङ्मतिमा केही पर्व भए पनि पाटनमा ल्याएपछि नै रातो मछिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मछिन्द्रनाथको विभिन्न पूजाविधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरुले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरु पालैपालो देवता बोक्छन् । पौडेलले भन्नुभयो, “एक वर्ष एकजना पानेजुको पालो परेपछि अर्काे वर्षमा अर्कैको पालो हुन्छ ।”

बुङ्गमतिको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । हरेक बाह्रवर्षमा हुने जात्रामा भने पुरानो बाटो (जुन बाटो अहिले चलनचल्तीमा छैन) बाटै ल्याउने गरिएको छ । पानेजु सङ्घको नियमअनुसार नै उनीहरुले मन्दिरमा पालो बस्ने, देवता बोक्नेलगायतका काम पालो गर्छन् । मछिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी गरिनछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मछिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् ।

मछिन्द्रनाथको जात्राका लागि दुई पटक साइत हेरिन्छ । पहिलो पटक बङ्ंमतिमा रहेका देवता पाटनमा ल्याउनका लागि र दोस्रो पटक रातो थट्टिटोलमा रहेका देवतालाई जावलाखेल लैजान साइत हेरिन्छ । पहिले चार ज्योतिष हुँदासम्म चार कुनामा बसेर साइत हेर्ने गरेका थिए । पुल्चोकबाट रथयात्राको शुरु गर्दा पनि साइत हेरिन्छ । त्यतिबेला सोह्रखुट्टे पाटीमा नभएर ज्योतिषले घरमा नै बसेर साइत हेर्छन् । प्रमुख पौडेलले भन्नुभयो, “हामीले यहाँबाट पत्र दिएपछि ज्योतिषले घरमा बसेर नै साइत हेरेर हामीलाई जानकारी दिनुहुन्छ ।”

वर्षेनी आउने जात्राले पाटनवासीमा हर्ष मात्रै ल्याउँदैन एकताको भावनासमेत ल्याउने गरेको छ । जात्राका अवधिमा विभिन्न जातले गर्ने फरक÷फरक काम तोकिएको छ । एउटा जातको सहयोग नभइ जात्राको तयारी पूरा नहुने भएकाले पनि रातो मछिन्द्रनाथको जात्रा सिङ्गो पाटनवासीलाई जोड्ने जात्रा समेत बन्दै गएको छ । (रासस)