
काठमाडौँ — मन्त्रिपरिषद्को सोमबार राति अबेरसम्म बसेको बैठकले पारित गरेकाे विधेयकमा के कर्मचारी जान मान्छन् भन्ने प्रश्न उठेकाे छ । कर्मचारी समायोजन अध्यादेश स्वीकृत त भएके छ तर के कर्मचारी जान मान्छन् भनेर अर्काे । स्थानीय तह र प्रदेशमा निजामति कर्मचारीको समायोजन गर्न मन्त्रीपरिषदले अध्यादेश स्वीकृत गर्दै प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो।राष्ट्रपति भण्डारी बिहीबार पोल्याण्डबाट स्वदेश फर्कने कार्यक्रम छ। सरकारले पठाएको अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउनेछ।








