२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमसागरले गरे १५६औँ पटक रक्तदान



अ+ अ-

काठमाडौँ, १८ मङ्सिर : नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गर्नुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि आज उहाँले रक्तदान गर्नुभएको हो । सो अवसरमा अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको छ भन्नुभयो ।

अस्पतालका रक्तसञ्चार सेवा विभागका प्रमुख पर्शुराम दाहालले रगतको सहज आपूर्तिका लागि अध्यक्ष कर्माचार्यको योगदान महत्वपूर्ण रहेको आएको जानकारी दिनुभयो । अध्यक्ष कर्माचार्यले आफूले हरेक तीन महीनाको अन्तरालमा रक्तदान गर्दै आएको बताउनुहुन्छ ।