२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदावरीलाइ राजधानी तोक्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ, १७ मङ्सिर : प्रदेश नं ७ को स्थायी राजधानी अध्ययनविना नै कैलालीको गोदावरीमा प्रदेश राजधानी राख्ने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई अधिवक्ता मनिषकुमार श्रेष्ठले आज दायर रिटमा अध्ययनविना प्रदेशसभाले गत असोज १२ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्नुभएको छ ।

स्थायी सदरमुकामका लागि आवश्यक भौतिक संरचना तयारसमेत नभएको अवस्थामा आवश्यक छलफलसमेत नगरी राजधानी तोक्ने निर्णय गरिएको निवेदनमा उल्लेख छ ।