३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

स्थानीय प्रहरीका कारण दोषी पत्ता लगाउन समस्या भयो : मन्त्री ज्ञवाली

स्थानीय प्रहरीका कारण दोषी पत्ता लगाउन समस्या भयो : मन्त्री ज्ञवाली
अ+ अ-

सुर्खेत, १८ मङ्सिरः  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापर्वाहीले गर्दा दोषी पत्ता लगाउन समस्या भएको बताउनुभएको छ ।

घटनालगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा सरकार नै आलोचित हुनुपरेको मन्त्री ज्ञवालीले बताउनुभभयो । घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापर्वाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

सोह्रदिने महिला हिंसाविरुद्धको अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधी छलेर जहाँ गए पनि सरकारले कानूनी दायरमा ल्याएरै छाड्ने दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्रीसँगै सुर्खेत आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सबैखाले हिंसाको अन्त्य गर्न तीन तहकै सरकारबीच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले सातवटै प्रदेशमा कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।