२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय प्रहरीका कारण दोषी पत्ता लगाउन समस्या भयो : मन्त्री ज्ञवाली



अ+ अ-

सुर्खेत, १८ मङ्सिरः  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कञ्चनपुरका बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा स्थानीय प्रहरीले लापर्वाहीले गर्दा दोषी पत्ता लगाउन समस्या भएको बताउनुभएको छ ।

घटनालगत्तै प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउनुको सट्टा फितलो बनाइदिँदा सरकार नै आलोचित हुनुपरेको मन्त्री ज्ञवालीले बताउनुभभयो । घटनालगत्तै प्रहरीले प्रमाण जुटाउनुको सट्टा लापर्वाहीपूर्वक अनुसन्धान गर्दा अपराधी उम्किन सफल भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

सोह्रदिने महिला हिंसाविरुद्धको अभियानको कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका मन्त्री ज्ञवालीले अपराधी छलेर जहाँ गए पनि सरकारले कानूनी दायरमा ल्याएरै छाड्ने दाबी गर्नुभयो ।

परराष्ट्रमन्त्रीसँगै सुर्खेत आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सबैखाले हिंसाको अन्त्य गर्न तीन तहकै सरकारबीच समन्वय गरेर अपराधरहित समाज निर्माण गर्न सरकारले सातवटै प्रदेशमा कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।