३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

नबिल र ग्लाेबल बैंकले गरे बाेनस र नगद लाभांश घाेषणा

नबिल र ग्लाेबल बैंकले गरे बाेनस र नगद लाभांश घाेषणा
अ+ अ-

काठमाडाैं, १९ मंसिर । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई बाेनस सेयर र नगद लाभांश गरी ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर १७ गते साेमबार बसेको बैंक सञ्चालक समितिको ५०२ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हाे ।

नबिल बैंकले अघिल्लाे वर्ष ३० प्रतिशत बाेनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । बैंककाे लाभांश  अघिल्लाे वर्षभन्दा १४ प्रतिशतले कम हाे ।

बैंकले १०० कित्ता बराबर १२ कित्ता अर्थात १२ प्रतिशत बोनश र २२ प्रतिशत अर्थात एक कित्ता बराबर २२ रुपैयाँका दरले कर सहित नगद लाभांश गरी चुक्त्ता पूँजीकाे कूल ३४ प्रतिशतले हुन अाउने दुर्इ अर्ब ७३ कराेड ४६ लाख ९५ हजार बराबरकाे लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । नबिलले गत वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको प्रस्तावित ९६ करोड ५१ लाख ८६ हजार रुपैयाँ बोनस पश्चात नबिल बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख रुपैयाँ पुग्नेछ ।

आठ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब पाँच करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २७१ रुपैयाँ ५२ पैसा र मुल्य आम्दानी अनुपात १६.३० प्रतिशत छ ।

ग्लाेबल बैंककाे १६ प्रतिशत बाेनस सेयर

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १६ प्रतिशत लाभांस (बोनस सेयर) वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । ग्लोबल आइएमई बैंकले आ.व.२०७४/०७५ मा २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।