२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरुबीच सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा



अ+ अ-

काठमाडाैं, १९ मंसिर । नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरु बीचको सहमति तोडिएकै भोलिपल्ट मुद्दती निक्षेपको ब्याजदर १२.५० प्रतिशत पुगेको छ ।

बैंकर्स संघको मंगलबारको बैठकले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

बैंकहरुमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको सहमति भङ गरेको थियो ।

यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो । बचत खातामा सात प्रतिशतसम्म तथा संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो ।

बैंकहरुबीचको सहमति तोडिएकै भोलिपल्ट जनता बैंकले व्यक्तिगत बचतमा १२ प्रतिशत ब्याजदरको अफर ल्याएको छ भने माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने व्यक्तिगत मुद्दति खाता योजना सार्वजनिक गरेको छ । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप आधा प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्छन् ।

माछापुच्छ्रे बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो । यस्तै जनता बैंकले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । जसमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ ।  ।

बैंकहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासलाई ध्यानमा राखेर निक्षेप बाहिरिन नदिन पनि ब्याज बढाउन बाध्य भएका हुन् । ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरुको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन गरिएको छ । बैंकहरुको यो निर्णयले बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न राहत मिल्ने भएपनि कर्जाको चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ ।