२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक कथामा लोक नाटक ‘लिलामे माइलो’



अ+ अ-

काठमाडौँ, २० मङ्सिर:  काठमाडाँैको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ ।

‘रिमेक ड्रामा’ बन्ने चलन आइरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथामा आधारित रहेको छ । नाटकमा मगर समुदायको कथा वस्तुलाई समेटिएको छ । मङ्सिर १४ देखि शुरु भएको सो नाटक पुस ७ गतेसम्म नयाँ बानेश्वरको कुञ्ज थिएटरमा मञ्चन हुनेछ ।

“नाटक मञ्चन भइरहेको अवस्थामा नाटकको पात्र परिवेशअनुसारको बास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको अनुभव हुन्छ जसले दर्शकलाई यथार्थ महसुश गराउन मद्दत पुग्छ,” निर्माता राजाराम गौतमले भन्नुभयो ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व, गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रुपमा प्रस्तुत गरिएको छ ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु)लगायतको अभिनय रहेको छ ।

नाटकलाई देशका विभिन्न थिएटरमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिनुभयो ।