२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा



अ+ अ-

काठमाडौँ, २२ मङ्सिर: मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता सङ्ग्रह विमोचन गर्नुभयो ।

कविता सङ्ग्रह समाजले नै प्रकाशन गरेको हो । कार्यक्रममा वरिष्ठ पत्रकार नेपाल, समाजका सभापति उत्तम पुडासैनी, पूर्व सभापति गङ्गाधर अधिकारी, नाटककार मल्ल, प्रा डा कक्षपतिलगायतले उहाँका कविताका बारेमा चर्चा गर्नुभएको थियो । पाञ्चाली कवि कँडेलको दोस्रो कविता सङ्ग्रह हो ।