९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उषा शेरचनले ल्याइन आधि



अ+ अ-

प्रतीक्षाको घडी समाप्त भयो है !
सांसारिक खुसी सन्तान जन्माउनु हो भने सिर्जनात्मक खुसी कृति जन्माउनु हो । सौभाग्यवश मलाई यत्तिखेर दुवै खुसी मिलेको छ । त्रिसट्ठी बर्षको उमेरमा जन्मेको आफ्नो कृतिको मुहार पहिलो पटक देख्दा पुनः आमा बनेको अनुभूति हुँदोरहेछ र शब्दमा वर्णन गर्न नसकिने बेग्लै खुसी प्राप्त हुँदोरहेछ ।

यस्तो सुन्दर, अद्भुत र अद्वितीय अनुभूति दिनुहुने बुक-हिल पब्लिकेसनका प्रकाशक भुपेन्द्र खड्का र पवन आचार्य भाइहरू साँच्चिकै धन्यवादका पात्र हुनुहुन्छ । प्रिय भाइहरू दुवैप्रति मनको गहिराइबाटै विशेष आभार प्रकट गर्दछु ।

मेरो गर्भबाट जन्मेको मेरो उपन्यास यस्तो रुपको छ है भनेर, मेरा तमाम प्रिय पाठकहरू माझ यसरी देखाउन पाउँदाको असीमित खुसीको बयान त झन् गर्नै सक्दिनँ म ।

प्रिय पाठकहरूको हातमा सुम्पिन लागेको मेरो पहिलो उपन्यासको रुप के कस्तो छ ? भनेर माया र आशीर्वाद दिने अनि फैसला गर्ने पालो पनि अब उप्रान्त यहाँहरूकै हुनेछ !

(उषा शेरचनको फेसबुक वालबाट)