१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन बेच्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली सुन बेच्न खोज्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक वलेफि घर भई हाल चावहिल वस्ने २३ वर्षका लालबहादुर लामा र सिन्धुपाल्चोक मेलम्चीका राजिव तामाङ रहेका छन्।

सोमबार उनीहरुले आफूहरुसंग दुई किलो सुन रहेको र ६६ लाखमा बेच्चे भन्दै ग्राहक खोजिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट पक्राउ गरेको हो।

उनीहरु यस अघिसमेत नक्कली सुन प्रकणमा पक्राउ पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत धरौटीमा छुटेका व्यक्ति भएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जनाकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।