१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघर्षपूर्ण खेलमा वेस्ट इन्डिज विजयी



अ+ अ-

ढाका, २५ मंसिर । बंगलादेश र वेस्ट इन्डिजबीचकाे दाेस्राे एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजका साइ हाेपले अविजित १४६ रन बनाएसँगै बंगलादेशलाइ ४ विकेटले पराजित गरेकाे छ । यसअघिकाे पहिलाे एकदिवसीय खेलमा बंगलादेश विजयी भएकाे छ ।

याे जितसँगै तीन खेलकाे शृङ्खला एकएककाे बराबरीमा पुगेकाे छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले सात विकेटकाे क्षतिमा २५५ रन बनाएकाे थियाे । बंगलादेशका लागि मुस्फिकर रहिम (६२ रन), शकिब अल हसन (६५ रन) र तमिम इक्वाल (५०) रनकाे याेगदान दिएका थिए ।

जवाफमा वेस्ट इन्डिजका लागि साइ हाेपले अाकर्षक एवं जिम्मेदारीपूर्ण पाली खेलेका थिए । उनले अविजित १४६ रन बनाए, र अन्तिमसम्म अाउट भएनन् ।वेस्ट इन्डिजका अन्य ब्याट्सम्यानले खासै याेगदान गर्न सकेनन् । वेस्ट इन्डिजले निर्धारित लक्ष २५६ रन २ बल बाँकी हुँदा ६ विकेटकाे क्षतिमा पूरा गरेकाे थियाे ।

एक समय हार नजिक पुगेकाे देखिएकाे वेस्ट इन्डिजलाइ जित दिलाउने क्रममा हाेपले १२ चाैका र ३ छक्का प्रहार गरेका थिए ।