२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघर्षपूर्ण खेलमा वेस्ट इन्डिज विजयी



अ+ अ-

ढाका, २५ मंसिर । बंगलादेश र वेस्ट इन्डिजबीचकाे दाेस्राे एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजका साइ हाेपले अविजित १४६ रन बनाएसँगै बंगलादेशलाइ ४ विकेटले पराजित गरेकाे छ । यसअघिकाे पहिलाे एकदिवसीय खेलमा बंगलादेश विजयी भएकाे छ ।

याे जितसँगै तीन खेलकाे शृङ्खला एकएककाे बराबरीमा पुगेकाे छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले सात विकेटकाे क्षतिमा २५५ रन बनाएकाे थियाे । बंगलादेशका लागि मुस्फिकर रहिम (६२ रन), शकिब अल हसन (६५ रन) र तमिम इक्वाल (५०) रनकाे याेगदान दिएका थिए ।

जवाफमा वेस्ट इन्डिजका लागि साइ हाेपले अाकर्षक एवं जिम्मेदारीपूर्ण पाली खेलेका थिए । उनले अविजित १४६ रन बनाए, र अन्तिमसम्म अाउट भएनन् ।वेस्ट इन्डिजका अन्य ब्याट्सम्यानले खासै याेगदान गर्न सकेनन् । वेस्ट इन्डिजले निर्धारित लक्ष २५६ रन २ बल बाँकी हुँदा ६ विकेटकाे क्षतिमा पूरा गरेकाे थियाे ।

एक समय हार नजिक पुगेकाे देखिएकाे वेस्ट इन्डिजलाइ जित दिलाउने क्रममा हाेपले १२ चाैका र ३ छक्का प्रहार गरेका थिए ।