२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोको कारण वार्षिक परीक्षा दिनै कठिनाइ



अ+ अ-

हुम्ला । दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।

स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको छ,” उहाँले भन्नुभयो, “चिसो बढेपछि परीक्षा सञ्चालन गर्न मुस्किल भएको छ ।”

चिसो ह्वात्तै बढेपछि जिल्लाका सातवटै गाउँपालिकाका बासिन्दालाई सास्ती भएको छ । “बिहान–बेलुका ठिहि¥याउने चिसो छ,” चङ्खेली गाउँपालिका–५ का भैरव तामाङले भन्नुभयो । चिसो बढेपछि विद्यार्थी बिहान ११ बजेपछि मात्रै विद्यालय आउने गरेको डाँफे प्रस्तावित निम्न माध्यामिक विद्यालयका शिक्षक धनसिंह बुढाथोकीले भन्नुभयो । सर्केगार्ड गाउँपालिका–३ लालीगुराँस माध्यामिक विद्यालयका विद्यार्थी चिसोका कारण विद्यालय बाहिरको खुला चौरमा घाममा बसेर पढ्ने गरेका छन् । “चिसो बढेपछि कात्तिकदेखि नै कक्षा कोठामा पठनपाठन बन्द गरिएको छ,” प्रधानाध्यापक काली महताराले भन्नुभयो ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–६ हल्जी जाङ, तिलगाउँका विद्यालयमा परीक्षा सकिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारी चिसो छल्न जिल्ला बाहिर जान थालेका छन् । कतिपय कर्मचारी जाडो छल्न दाउराको जोहो गर्न थालेका छन् । अधिकांश उच्च पहाडी भेगका विद्यालयमा चिसोका कारण वार्षिक परीक्षा सकिएको छ ।रासस