४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

जाडोको कारण वार्षिक परीक्षा दिनै कठिनाइ

जाडोको कारण वार्षिक परीक्षा दिनै कठिनाइ
अ+ अ-

हुम्ला । दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।

स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिनुभयो । “चिसोका कारण विद्यार्थीलाई लेख्न र बस्न समस्या भएको छ,” उहाँले भन्नुभयो, “चिसो बढेपछि परीक्षा सञ्चालन गर्न मुस्किल भएको छ ।”

चिसो ह्वात्तै बढेपछि जिल्लाका सातवटै गाउँपालिकाका बासिन्दालाई सास्ती भएको छ । “बिहान–बेलुका ठिहि¥याउने चिसो छ,” चङ्खेली गाउँपालिका–५ का भैरव तामाङले भन्नुभयो । चिसो बढेपछि विद्यार्थी बिहान ११ बजेपछि मात्रै विद्यालय आउने गरेको डाँफे प्रस्तावित निम्न माध्यामिक विद्यालयका शिक्षक धनसिंह बुढाथोकीले भन्नुभयो । सर्केगार्ड गाउँपालिका–३ लालीगुराँस माध्यामिक विद्यालयका विद्यार्थी चिसोका कारण विद्यालय बाहिरको खुला चौरमा घाममा बसेर पढ्ने गरेका छन् । “चिसो बढेपछि कात्तिकदेखि नै कक्षा कोठामा पठनपाठन बन्द गरिएको छ,” प्रधानाध्यापक काली महताराले भन्नुभयो ।

जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–६ हल्जी जाङ, तिलगाउँका विद्यालयमा परीक्षा सकिएको छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारी चिसो छल्न जिल्ला बाहिर जान थालेका छन् । कतिपय कर्मचारी जाडो छल्न दाउराको जोहो गर्न थालेका छन् । अधिकांश उच्च पहाडी भेगका विद्यालयमा चिसोका कारण वार्षिक परीक्षा सकिएको छ ।रासस