१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरी माथि जबरजस्ती करणीको आरोपमा एक पक्राउ



अ+ अ-

अछाम। देशभर महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला अछाम जिल्लामा भने एक किशोरी बलात्कृत भएको खबर सार्वजनिक भएको छ ।

अछामको साफेबगर नगरपालिका वडा नम्बर ४ भण्डारीगाउँका ३३ बर्षीय मीलन भूललाई जबरजस्ती करणी आरोपमा प्रहरीले प्रहरीले पक्राउ गरे सो घटना बाहिर आएको हो ।

सोही गाउँकी १७ बर्षीय किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनु भयो ।
पक्राउ परेका भुल लाई अहिले जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनु भएको छ ।