२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाईरल बन्यो कुकुर,आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिड्यो



अ+ अ-

मेक्सिको । अहिले एउटा कुकुर सोसल मिडियामा निकै चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीन छक पर्नुको विकल्प बाहेक केहि छैन ।

एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो ।

अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ ।

सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे ।

मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारामा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ । अन्ततः ९ दिनपछि आफ्नो कुकुरलाई एक्कासि आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसंग भए ।

आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अंकमाल गरे । तर, कुकुर निकै रिसाएको रहेछ । उसले मार्टिनेजलाई टोकिदियो ।
कुकुरले टोकेपछि मार्टिनेज रुन थाले । त्यसपछि कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो । त्यो दृश्य निकै बाभुक थियो ।

एजेन्सी