१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबलको बादशाह बन्दै बार्सिलोना, वायर्न म्युनिखको रेकर्डसँग बराबरी



अ+ अ-

बार्सिलोना । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखको रेकर्डसँग बराबरी गरेको छ। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा इंग्लिस क्लब टोटनह्यामसँग १ं-१ को बराबरी खेलेपनि बार्सिलोनाले घरेलु मैदानमा अपराजित हुने रेकर्डसँग बराबरी गरेको हो। यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाका लागि भने घरेलु मैदानमा अपराजित संख्याको रेकर्ड बन्यो।

टोटनह्यामसँग बराबरी खेलेसँगै बार्सिलोनाले घरेलु मैदानमा अपराजित खेल संख्या २९ पुगेको छ । २६ खेलमा जित हात पारेको बार्सिलोनाले ३ खेलमा बराबरीमा रोकिएको छ।। खेलमा सुरुवाती अग्रता बार्सिलोनाका उस्मान डेम्बेलेको गोलबाट लिएको थिए। सातौं मिनेटमा डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको ८५ मिनेटमा लुकास मोउराले बराबरी गोल फर्काउदै टोटनह्यामलाई अन्तिम १६ को यात्रा गराए। बराबरीले टोटनह्यामलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुर्याउन प्रयाप्त बन्यो।